दफा ९
बहुविधिक ढुवानीपत्रमा उल्लेख हुनु पर्ने कुराहरु
: बहुविधिक ढुवानीपत्रमा देहायका कुराहरु उल्लेख भएको हुनु पर्नेछ :-
(क) मालसामानको प्रकृति, पहिचानको चिन्ह, खतरापूर्ण प्रकृतिको मालसामान भए सोको विवरण, प्याकेज (पोका) वा सङ्ख्याको विवरण, मालसामानको कुल तौल वा परिमाण तथा प्रेषकले दाखिला गरे बमोजिमको अन्य विवरण,
(ख) मालसामानको बाह्य स्थिति,
(ग) बहुविधिक ढुवानी सञ्चालनकर्ताको नाम तथा कारोबारको मुख्य स्थान,
(घ) प्रेषकको नाम र ठेगाना,
(ङ) प्रेषकले प्रापकको नाम उल्लेख गरेको भए सोको विवरण,
(च) बहुविधिक ढुवानी सञ्चालनकर्ताले मालसामान बुझेको स्थान र मिति,
(छ) बहुविधिक ढुवानी करारका पक्षहरुबीच मञ्जूरी भए बमोजिम मालसामान हस्तान्तरण गर्नु पर्ने ठाउँ, मिति र समयावधि,
(ज) बहुविधिक ढुवानीपत्र विनिमेय अधिकारयुक्त वा विनिमेय अधिकारविहीन के हो सोको विवरण,
(झ) बहुविधिक ढुवानीपत्र जारी भएको मिति र स्थान,
(ञ) बहुविधिक ढुवानी सञ्चालनकर्ता वा निजको आधिकारिक प्रतिनिधिको सहीछाप,
(ट) प्रापक वा पे्रषकले बुझाउनु पर्ने ढुवानी शुल्क वा ढुवानी शुल्क बुझाइसकेको भए सोको विवरण,
(ठ) बहुविधिक ढुवानी करारका पक्षहरुबीच सहमति भए बमोजिमको मालसामान ढुवानी गर्ने मार्ग र माध्यम,
(ड) बहुविधिक ढुवानी करारका पक्षहरुले बहुविधिक ढुवानीपत्रमा समावेश गर्न मञ्जूर गरेका अन्य कुराहरु ।